आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधारमा केन्द्रित हुनुपर्नेछः डाँगी | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधारमा केन्द्रित हुनुपर्नेछः डाँगी

उत्तम भ्लोन लामाको टिमलाई भोट हाल्ने डाँगीको घोषणा 
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधार र कानुनी व्यवस्थालाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डाँगीले ऊर्जा क्षेत्रका अझै धेरै नीतिगत सुधार जरुरी रहेकाले आगामी दिनमा त्यसतर्फ केन्द्रित हुने बताउनु भयो । इप्पानमा अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोहीअनुसार डाँगी अध्यक्ष केही दिनमै बन्दै हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष डाँगीले आफूले वरिष्ठ उपाध्यक्षसहित हुन लागेको इप्पानको निर्वाचनमा उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई समर्थन गर्ने घोषणा गर्नुभयो । उहाँले आफ्नो मत उक्त टोलीलाई दिने स्पष्ट पार्दै यो टिमलाई सघाउन सबैलाई आग्रह समेत गर्नुभयो । ऊर्जा क्षेत्रलाई मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताउदै उहाँले  हाल ऊर्जा क्षेत्र  चुनौतीपूर्ण अवस्थामा रहेको बताउनु भयो । यस्तो समयमा अनुभवी र सक्षम टोलीको नेतृत्व आवश्यक छ ।  अहिलेको चुनावी दौरान हेर्दा लामाको टिमले ऊर्जा क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने उहाँको विश्वास छ । डाँगीले संस्थाभित्र आचारसंहिता, व्यावसायिक मर्यादा र संस्थागत संस्कृतिलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । ऊर्जा क्षेत्रका सरोकारवालाले आत्मसमीक्षा गर्दै संस्थागत सुधारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

Leave a Reply

ताजा समाचार