इलाम, ८ फागुन । इलामको बजार क्षेत्रमा जडान गरिएको सोलार बत्तीहरु बल्न छोडेका छन् । बत्ती जडान गरिएको छ महिना पनि नपुग्दै बल्न छोडेका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाको समन्वयमा सहरी विकास कार्यालयले सौर्य बत्ती जडान गरेको थियो ।
बत्ती जडान गरिएको छ महिना नबित्तै बत्तीहरु बल्न छोडेको स्थानीयको गुनासो छ । बत्ती नबल्दा यात्रुलाई हिडडुल गर्न र सवारी चालकलाई सवारी चलाउन कठिन भएको छ । एक करोड ८९ लाखको लागतमा छ महिना अघि इलाम नगरपालिकाको १, २, र ३ वडामा सिप्रदी इनर्जीले सोलार बत्ती जडान गरेको थियो ।