भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन जना सदस्य मनोनित गरेर राष्ट्रिय सभालाई पूर्णता | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन जना सदस्य मनोनित गरेर राष्ट्रिय सभालाई पूर्णता

५९ सदस्यीय राष्ट्रिय सभाले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन जना सदस्य मनोनित गरेर राष्ट्रिय सभालाई पूर्णता दिएकी हुन ।

bidhaya devi

काठमाडौं, ८ फागुन । ५९ सदस्यीय राष्ट्रिय सभाले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन जना सदस्य मनोनित गरेर राष्ट्रिय सभालाई पूर्णता दिएकी हुन ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको सदस्यमा डा. युवराज खतिवडा, डा. बिमला पौड्याल र रामनारायण बिडारीलाई मनोनित गरेकी छन । राष्ट्रपतिले मन्त्रिपरिषद्ले सिफारि गरेको तीन घण्टा नबित्दै खतिवडा, पौड्याल र बिडारीलाई मनोनित गरेकी हुन । मन्त्रिपरिषद्ले आज विहान उनिहरु तीनजनालाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);