नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले आइतबारका लागि सार्वजनिक गरेको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम मिश्रित रहनेछ। देशका पश्चिमी तराईका सहरहरुमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ। आज दिउँसो नेपालगञ्जमा ‘तातो हावाको लहर’ चल्ने पूर्वानुमान गरिएको छ जहाँ अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्नेछ। त्यसैगरी धनगढी र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्रीसम्म पुग्ने र निकै ‘तातो दिन’ हुनेछ।दिपायल, सिमरा र जनकपुरमा पनि दिन तातो रहनेछ, यी सहरहरुमा तापक्रम ३४ देखि ३७ डिग्रीको आसपास रहनेछ। वीरेन्द्रनगरमा भने तापक्रम ३५ देखि ३७ डिग्री रहे तापनि आंशिक रुपमा बादल लाग्नेछ।  संघीय राजधानी काठमाडौँसहित डडेल्धुरा, जुम्ला, घोराही, विराटनगर, जोमसोम र धरानमा भने दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना २० देखि ३० प्रतिशतसम्म रहेको छ। दिउँसो सबैभन्दा कम अधिकतम तापक्रम जुम्ला र जोमसोममा २२ देखि २४ डिग्री सेल्सियस रहनेछ।आज रातिको मौसम हेर्दा धेरैजसो पहाडी र पूर्वी स्थानहरुमा वर्षा हुने क्रम जारी रहनेछ। दिउँसो तातो दिन भनिएका सिमरा र जनकपुरमा राति भने मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ, जसले गर्मीबाट केही राहत दिनेछ।काठमाडौँ, पोखरा, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा राति पनि मध्यम वर्षाको सम्भावना ३० देखि ४० प्रतिशतसम्म छ। नेपालगञ्ज र धनगढीमा राति आकाश मुख्यतया सफा रहनेछ भने डडेल्धुरा, दिपायल, वीरेन्द्रनगर, जुम्ला, घोराही र भैरहवामा आंशिक बादल लाग्नेछ। रातिको समयमा सबैभन्दा कम तापक्रम जोमसोममा ९ देखि ११ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।

Leave a Reply