सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

सरकारले न्यायपालिकालाई आफूअनुसार चलाउन खोजेको छः गगन थापा

काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले न्यायपालिका तथा व्यवस्थापिकालाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभएको छ । शनिवार विराटनगरको कोईरालानिवासमा संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले न्यायपालिकालाई आफ्नो प्रभावमा राखेर चलाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले विगतमा पनि शक्तिशाली सरकारहरूले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोजेको उदाहरण रहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताउनु भयो । थापाले २०६४ सालमा माओवादीको बहुमत रहेको समय र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकारका बेला पनि संवैधानिक निकायहरुमाथी प्रभाव जमाउने प्रयास भएको बताउनु भयो ।

तर नेपालको न्यायपालिका, सञ्चार माध्यम र अन्य लोकतान्त्रिक संस्थाहरूले त्यस्ता प्रयासलाई पटक–पटक असफल बनाएको उहाँको भनाइ छ । उहाँले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा नाघ्ने प्रयास गर्दा कहिले न्यायपालिकाले, कहिले व्यवस्थापिकाले र कहिले सञ्चार माध्यमले नियन्त्रण गरेको उल्लेख गर्नुभयो । वर्तमान सरकारले संसद र न्यायपालिकालाई आफ्नो प्रभावमा राख्न खोजेको दाबी गर्दै थापाले लोकतान्त्रिक संस्थाहरू अझै पनि यस्ता प्रयास रोक्न सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकाले व्यवस्थापिकालाई सरकारले आफ्नो छायाँमा ल्याएको आरोप लगाउनु भयो ।

Leave a Reply

ताजा समाचार