ऊर्जा क्षेत्रले नेपाललाई समृद्धितर्फ लैजान सक्छः डाँगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

ऊर्जा क्षेत्रले नेपाललाई समृद्धितर्फ लैजान सक्छः डाँगी

काठमाडौँ 

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का  वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो आधार भएको बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रममा उहाँले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्रै भरपर्दो क्षेत्र उर्जा भएको बताउनु भयो । उहाँकाअनुसार नेपालले जलस्रोत, घाम र हावाबाट ठूलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको छ । निजी क्षेत्रले त्यसको क्षमता प्रमाणित गरिसकेको छ । २०५५ सालमा २५४ मेगावाट उत्पादन भएको अवस्थामा आज देश ४३०० मेगावाट क्षमतामा पुगेको छ ।

त्यसमध्ये करिब ३५०० मेगावाट निजी क्षेत्रले उत्पादन गरिसकेको छ ।डाँगीले नेपाल सरकारले विद्युत व्यापार गर्न नसक्ने, प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशंका आवश्यक नभएको उल्लेख गर्दै ऊर्जा क्षेत्रप्रति विश्वास गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको छ । अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल भइरहेको छ । हाँले ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश फैलाउन सञ्चार माध्यम र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।  डाँगीले ऊर्जा क्षेत्रका नकारात्मक पक्षभन्दा सकारात्मक सम्भावना र उपलब्धिमा केन्द्रित हुन आग्रह गर्दै नेपाललाई समृद्ध बनाउने प्रमुख आधार जलस्रोत र ऊर्जा क्षेत्र नै भएकोले सरकारले पनि यो क्षेत्रलाई नजरअन्दाज गर्न नहुने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार