सिमकोट,४ फागुन । हुुम्लाका अगुुवा किसानका लागि बेमौसमी तरकारी खेती आम्दानीको राम्रो स्रोत भएको छ । अत्यधिक चिसो हुुँदा मङ्सिरदेखि चैतसम्म खाली जमिनमा हरियो तरकारी खेती नहुुने भए पनि अगुुवा किसानले ग्रिन हाउसमा तरकारी खेती गर्न थालेका हुुन् ।
सिमकोट गाउँपालिका ७ को डाँडाफयामा दुुई वर्षदेखि मस्टो तरकारी फारममा बेमौसमी तरकारी उत्पादन गरेर बिक्री गर्दै आउनुुभएका हीराबहादुुर शाहीले यो सिजनमा एक लाख ७८ हजार रुपियाँ कमाइ गरेको बताउनुुभयो । गतवर्ष एक लाख कमाई गर्नुुभएका शाहीले यस वर्ष मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट सो आम्दानी गरेको बताउनुुभयो । अझ हिउँदे याममा हुुम्लामा आलुुबाहेक अन्य हरियो तरकारी नहुुने भएकोले हुम्लामा बेमौसमी तरकारी खेती आम्दानीको राम्रो स्रोत भएको अगुुवा किसान शाहीले बताउनुुभयो ।
ग्रीन हाउसमा साग, बन्दा, काउली, टमाटर, गाँजर, धनिया उत्पादन गरेर बिक्री गर्ने गरेको उहाँले बताउनुुभयो । ठूला ग्रीन हाउस निर्माण गर्न प्रविधिको अभाव हुने भएकोले सानैबाट भए पनि तरकारी उत्पादन गर्ने गरेको भए पनि बरु बजारको माग पूरा गर्न नसकिएको उहाँले बताउनुुभयो । यता सिमकोट गाउँपालिका ४ कै सिमाना तरकारी उत्पादन केन्द्रले दुुई वर्षघि हिमाली आयोजनाबाट १३ लाख ७९ हजार तरकारी उत्पादनका लागि अनुदान पाएकोमा सो केन्द्रबाट तरकारी उत्पादन गरेर बिक्री गर्दा यस वर्ष दुुई लाख ७७ हजार कमाई भएको केन्द्रका सञ्चालक जङ्गबहादुुर शाहीले बताउनुुभयो ।
उहाँहरूबाहेक तरकारी उत्पादन गरेर कमाई गर्ने किसानको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृृषि किास अधिकृत डा चन्द्रप्रसाद रिसालले बताउनुुभयो । सोचेअनुसारको नभए पनि लगानीअनुुसार प्रतिफल तरकारीका क्षेत्रमा आएको उहाँले बताउनुुभयो । अहिले पनि मागअनुुसार किसानबाट आपूर्ति हुन नसक्दा बाँकी तरकारी नेपालगञ्ज र सुुर्खेतबाट हवाई ढुुवानी गरेर ल्याउने गरेको उहाँले बताउनुभयो ।
केही वर्ष अघिसम्म हुुम्ला जिल्लामा हिउँदे सिजनमा हरियो तरकारी भनेको सिस्नो मात्र हुने गरेको भए पनि पछिल्ला वर्षहरूमा बजारको माग धान्न सक्ने तरकारी जिल्लामै उत्पादन हुन नसके पनि आधा माग धान्ने तरकारी उत्पादन हुने गरेको हिमाली आयोजनाका जिल्ला कृषि व्यवसाय विज्ञ कमल छन्त्यालले बताउनुुभयो ।
सो आयोजनाले तरकारी खेतीका लागि ४० लाख ४२ हजार रुपियाँ लगानी गरेकोमा दुुई वर्षमा तरकारी खेतीबाटै उपआयोजना पाएका अगुुवा किसानहरूले ३७ लाख ७८ हजार कमाई गरेको उहाँले बताउनुुभयो ।आजको गोरखापत्रमा यस्तो खवर छ ।




