पश्चिम एशियाका विमानस्थलहरुमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन् : परराष्ट्र मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

पश्चिम एशियाका विमानस्थलहरुमा कोही पनि नेपाली नागरिक अलपत्र अवस्थामा छैनन् : परराष्ट्र मन्त्रालय

काठमाडाैं । सरकारले पश्चिम एशियाका विभिन्न देशका विमानस्थलहरुमा कुनैपनि नेपाली नागरिक अलपत्र अवस्थामा नरहेको प्रष्टयाएको छ । सिंहदरवारमा पत्रकार सम्मेलन गरी परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो कुरा प्रष्ट्याउनुभएको हो ।

उहाँले सो क्षेत्रका तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरुका लागि सरकारले हवाई उडानको पनि आवश्यक व्यवस्था मिलाएको बताउनुभयो । परराष्ट्र मन्त्रालयकाअनुसार सो क्षेत्रबाट स्वदेश फर्कन चाहनेहरु कहीँ कतै पनि अप्ठयारोमा रहेका छैनन् ।

नेपाल आउन चाहने कुनैपनि नेपालीलाई नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स लगायतबाट स्वदेश फर्काउने काम भईरहेकाले त्यस्ता खालका कुनै समस्या भएपनि त्यो छिट्टै समाधान हुने परराष्ट्र मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार स्वदेश फर्कन चाहने नेपालीहरुको हवाई उडानको समस्या समाधान गर्न सरकारले विशेष पहल गरिरहेको छ ।

Leave a Reply