ओली–लेखकले जेन–जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छः महावीर पुन | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

ओली–लेखकले जेन–जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छः महावीर पुन

काठमाडाैं ।प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताउनुभएको छ । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो टिप्पणी गर्नुभयो ।

सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताउनु भयो । मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उहाँको तर्क थियो ।फरक प्रसंगमा सांसद पुनले संसदमा सांसदहरुले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको समेत बताउनु भयो ।

Leave a Reply