चितवन, ३ फागुन । सौराहामा जारी १२ औं सौराहा फुड फेस्टिभलको अवसरमा हात्तीहरुलाई बनभोज खुवाइएको छ । प्रणय दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल सौराहाको आयोजनामा ६५ वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो ।
खाना महोत्सवमा यस वर्ष नयाँ आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रम राखिएको हो । हात्तीहरुलाई उखु, खिर, फलफुल, तरकारीलगायतको खानेकुराहरु खुवाइएको होे । फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवमा करिब ७० वटा स्टल रहेका छन् ।
बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा प्रेम दिवसका दिन हात्तीहरुलाई वनभोज खुवाइएको हो ।