काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले विपद्का कारणले कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिनुभएको छ । प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले आउँदो मनसुनमा विपद्को कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्नेगरी पूर्वतयारी गर्न निर्देशन दिनुभएको हो ।
उहाँले विगतमा विपद् पूर्वतयारी र प्रतिकार्य समयमै नहुँदा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको भन्दै अब उप्रान्त यस्तो हुन नदिइने बताउनुभयो । उहाँले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन पाठ्यक्रममै व्यावहारिक शिक्षा समावेश गर्नका लागि शिक्षा मन्त्रालयमा प्रश्ताव पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो । उहाँले नेपालमा भूकम्प, बाढीपहिरो लगायतका विपद् बारम्बार दोहोरिने भएकाले तयारीमा हुने ढिलाइलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विपद् जोखिमयुक्त क्षेत्रमा विपद्का कारण कुनैपनि नागरिकले ज्यान गुमाउन नपर्ने गरी प्रतिकार्यको तयारीमा जुट्न समेत निर्देशन दिएको बताउनुभयो ।





