काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गर्नुभएको छ । देशका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उहाँले आरोप लगाउनुभएको हो ।
उहाँले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिनुभयो । पण्डितका अनुसार पार्टीले राजनीतिक प्रतिवाद गर्नेछ । जुन सडक संघर्ष मात्र नभई अन्य विभिन्न स्वरूपको हुनसक्छ । उहाँले पार्टीको बैठक बसिरहेको र निर्णय छिट्टै सार्वजनिक हुने जानकारी दिँदै कानूनी लडाईं समेत लड्ने स्पष्ट पार्नुभयो ।
उहाँले पक्राउको यो पहिलो निर्णय दुर्भाग्यपूर्ण रहेको र यसले देशमा अशान्ति निम्त्याउने दाबी गर्नुभयो ।





