चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

एजेन्सी । नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो ।

अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भरेका छन् । टाइटल गीत सार्वजनिक कार्यक्रममा बोल्दै  अभिनेतृ वर्षा राउतले गीतका शब्द र संगीतको प्रशंसा गर्दै यस्तो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

गायक रामकृष्ण ढकालले आनन्द अधिकारीसँग लामो सांगितीक सहकार्य भएको उल्लेख गर्दै यस सहकार्यले सांगीतिक सम्बनध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो गीत पनि विगतका अन्य गीतहरुजस्तै दर्शकले रुचाउनेमा विश्वस्थ रहेको पनि बताउनुभयो । उहाँले चलचित्रको कथा समेत नेपाली समाजको परिवेशमा हुने माया र प्रेमको कथा रहेको बताउनुभयो ।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भुमिकामा छन् । साथै चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु साह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा लगायतको अभिनय छ।

Leave a Reply