एन्फा राष्ट्रिय लिग : आज तीन खेलमा ६ समूहकाे प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

एन्फा राष्ट्रिय लिग : आज तीन खेलमा ६ समूहकाे प्रतिस्पर्धा

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबलमा आइतबार तीन वटा खेल हुँदैछन्।

एन्फा कम्प्लेक्स मा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र काँक्रेबिहार क्लब बीच प्रतिस्पर्धा हुनेछ। सोही मैदानमा हुने दोस्रो खेलमा चित्लाङ एफसी ले एपिएफ क्लब को सामना गर्नेछ।

आइतबार साँझ ६ बजे दशरथ रंगशाला मा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्।

राष्ट्रिय लिगमा शनिबार भएका दुवै खेल बराबरीमा टुंगिएका छन्। शनिबार सातदोबाटो युवा क्लब र नव जनजागृति क्लब तथा न्युरोड टिम (एनआरटी) र श्री भगवती क्लब ले एक–एक गोलको बराबरी खेलेका थिए।

Leave a Reply

ताजा समाचार