मतगणना अपडेट : १३५ स्थानमा मतगणना जारी, ९६ स्थानमा रास्वपाकाे अग्रता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

मतगणना अपडेट : १३५ स्थानमा मतगणना जारी, ९६ स्थानमा रास्वपाकाे अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज अपराह्न ५ बजेसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेसका उम्मेदवार ११ स्थानमा, नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नौ स्थानमा अगाडि छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका तीन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन् ।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ । त्यस्तै, रूकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्यधिक मतले विजयी हुनुभएकाे छ, तर निर्वाचन कार्यालयले औपचारिक घाेषणा गर्न भने बाँकी छ ।

Leave a Reply