डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने

काठमाडाैं । निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्रयाक गरिरहेको बताएको छ । आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा, उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो ।

यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधासम्बन्धी प्रचलित कानूनहरू पनि आकर्षित हुने र सोही अनुसार कारबाही अगाडि बढ्नसक्ने आयोगले जनाएको बताउनुभयो ।

निर्वाचनको समयमा लामो दूरीका सवारी साधनहरूको आवागमनलाई सहज बनाएको आयोगले जनाएको छ । आयोगले अघिल्लो दिन छुटेका सवारी साधनहरू भोलिपल्ट गन्तव्यमा पुग्दा कुनै अप्ठ्यारो नपर्ने गरी सहजीकरण गरिएको बताएको छ ।

यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

Leave a Reply