कुवेतले मनायाे राष्ट्रिय दिवस र मुक्ति दिवस | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

कुवेतले मनायाे राष्ट्रिय दिवस र मुक्ति दिवस

एजेन्सी । कुवेतले यो हप्ता विभिन्न उत्सवहरू आयोजना गरी राष्ट्रिय दिवस र मुक्ति दिवसको सम्झना गरेको छ । नागरिकहरूले हवाई प्रदर्शन, स्काइडाइभिङ शो तथा सैन्य प्रदर्शनी जस्ता क्रियाकलापहरूमा भाग लिएका थिए । हरेक वर्ष कुवेतीहरूले फेब्रुअरी २५ मा राष्ट्रिय दिवस र फेब्रुअरी २६ मा मुक्ति दिवस मनाउँछन् ।

यो वर्ष २०२६ मा राष्ट्रिय दिवसको ६५ औं र मुक्ति दिवसको ३५औं वार्षिकोत्सव मनाइएको छ । राष्ट्रिय दिवसले १९६१ मा ब्रिटिश संरक्षणबाट स्वतन्त्रता प्राप्तिको सम्झना गर्छ भने मुक्ति दिवसले १९९१ मा इराकी कब्जाबाट मुक्ति प्राप्तिको उत्सव हो ।

उत्सवहरूमा कुवेत शहरमाथि युरोफाइटर टाइफुन विमानको उडान, स्काइडाइभरहरूको प्रदर्शन र कुवेत वायुसेनाका विमानहरूको हवाई शो प्रमुख आकर्षण बनेका थिए । यी उत्सवहरू शेख मिशाल अल–अहमद अल–जाबेर अल–सबाहको संरक्षणमा सम्पन्न भएका थिए । यी दुई दिवसहरूका कारण सार्वजनिक बिदा घोषणा गरिएकोले नागरिकहरूले लामो सप्ताहन्तको मजा लिएका छन् ।

Leave a Reply