निर्वाचन आयोगद्वारा उम्मेदवार शक्तिबहादुर बस्नेत र डा. निकोलस भुसाललाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

निर्वाचन आयोगद्वारा उम्मेदवार शक्तिबहादुर बस्नेत र डा. निकोलस भुसाललाई कारबाही

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, आयोगले श्रम संस्कृति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको बताउनुभयो ।

आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही गरेको हो । आयुक्त जबराले आयोगमा मुलुकभर तीन सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेकोमा ८२ जनालाई स्पष्टिकरण सोधिएको र तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त आएपछि ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ ।

Leave a Reply