धार्मिक पर्यटन प्रवद्धनका लागि रामायण सर्किट जोड्न पहल गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

धार्मिक पर्यटन प्रवद्धनका लागि रामायण सर्किट जोड्न पहल गरिने

कठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताउनुभएको छ । मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजना अघि सारेको छ । सीता सर्किट र रामायण सर्किटलाई जोड्नसके जनकपुरको मात्र नभई सिंगो मधेश प्रदेशकै विकास हुने र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयाे। यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने बताउनुभयो । उहाँले यस कार्यका लागि सकारात्मक आश्वासन प्राप्त भइसकेको र प्रक्रियालाई तत्काल अगाडि बढाइने जानकारी दिनुभयो ।

जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सङ्घीय सरकारसँग समेत समन्वय भइरहेको उहाँको भनाइ छ । विमानस्थल विस्तार गरी अयोध्याबाट सिधा उडान सञ्चालन गर्नसके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थीहरू माता सीताको दर्शन गर्न आउने उहाँको विश्वास छ ।

Leave a Reply