नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव

काठमाडाैं । सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिएपनि नीतिगत बहस आर्थिक वृद्धिमा मात्र सिमित भएको बताउनु भयो । उहाँले उत्पादन र आर्थिक वृद्धि तत्कालिन अवस्थामा महत्वपूर्ण विषय भएको कारण समेत त्यससँग जोडिएका अन्य महत्वपूर्ण विषयमा पर्याप्त ध्यान दिन नसकिएको उहाँको बुझाइ छ ।

उहाँले आर्थिक वृद्धिसँगै वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बनाउन नसकिएको तर्क गर्नुभयो । उहाँले औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अंगिकार गरिएको पनि उल्लेख गर्नुभयो । उहाँले आर्थिक सुधारको वर्षौँसम्मको बहसमा हसमा संरचनात्मक रूपान्तरण र आय वितरणको स्पष्ट खाका तयार हुन बताउनुभयो ।

Leave a Reply