ग्यास अभाव कायमै, माग अनुसार उत्पादन र वितरण बढाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

ग्यास अभाव कायमै, माग अनुसार उत्पादन र वितरण बढाउन निर्देशन

gas

काठमाडाैं । केही समययता खाना पकाउने ग्यास सहज नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । बजारमा ग्याँस अभाव भएको महिना दिन पुग्नै लाग्दा पनि बजारमा ग्यास पाउन सहज हुन सकेको छैन ।

आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र नियमन गरिरहेको जनाएको छ । विभागले नेपाल आयल निगमलाई ढुवानी व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कार्य गर्न आग्रह गरेको छ । विभागले ठूला ग्यासको उत्पादन कम्पनीलाई पनि आवश्यक निर्देशन दिएको छ ।

काठमाण्डौ उपत्यकाका उपलब्ध ग्यास बोटलिङ उद्योगको अनुमगनको क्रममा उपभोक्ताको माग अनुसारको उत्पादन र वितरण बढाउन निर्देशन दिएको छ । उद्योगहरुलाई पूर्ण क्षमतामा ग्यास आपूर्ति गरी उत्पादन क्षमता बढाउनै पर्ने विभागको निर्देशन दिएको छ ।

यस्तै, उपभोक्ता र व्यावसायिक प्रतिष्ठानले अनावश्यक सञ्चय नगरी आफूलाई आवश्यक परिमाणमा मात्र खरिद गरी सहयोग गर्न विभागले आग्रह गरेको छ । विभागले बजारमा ग्यासको उपलब्धता, भण्डारण एवम् वितरणको सन्दर्भमा उद्योग स्तरमा, ठूला सप्लायर्स र साना डिलर स्तरमा समेत आपूर्ति श्रृखलाको अवस्थाको समेत अनुमगन एवम् विश्लेषण गरेको जनाएको छ ।

Leave a Reply