रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो : विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गर्नुभएको छ । ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गर्नुभएको हो ।

मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गर्नुभयो । उहाँले २३ र २४ भदौको जेनजी आन्दोलनपनि नेपाली काँग्रेस बाहेक कुनैपनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले एमालले जेनजी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गर्नुभयो । विभिन्न दलहरुप्रति कटाक्ष गर्दै उहाँले परिवर्तनको दाबी गरेका कतिपय दलहरु अहिलेपनि जनताको भावनाअनुसार चल्न नसकेको बताउनुभयो ।

नेपाली काँग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन उल्लेख गर्नुभयो । काँग्रेसले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि अघि बढेको उहाँको भनाइ छ ।

उपसभापति शर्माले मुलुकको व्यवस्था स्थापित गर्न लामो समयसम्म सघंर्ष गरेको नेतृत्वले पार्टी चलाइरहेको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न काँग्रेसलाई मतदान गर्न समेत अपिल गर्नुभयो ।

Leave a Reply