शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क छ : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क छ : प्रधानमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको बताउनुभएको हो ।

उहाँले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताउनुभयो । उहाँले हिमाली जिल्लाहरुमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरु ओसारेर भएपनि निर्वाचन गराउने बताउनुभयो ।

उहाँले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । यस पटकको निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने अनुमान रहेको बताउनुभयो । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क रहेको बताउनुभयो ।

Leave a Reply