सिन्धुपाल्चोक,१ फागुन । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ब्रेक थ्रुु हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पुरा हुने देखिएको छ ।
आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रुु हुनेछ । फागुन (मार्च दोस्रो साताभित्र) मुहानस्थल अम्बाथान सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं । सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रुु भइसकेका छन् । बीचको सिन्धु ग्याल्थुम खण्ड ब्रेक थ्रुु गर्न अहिले तीव्र गतीमा काम भइरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।