राष्ट्रपति पाैडेल जापानमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

राष्ट्रपति पाैडेल जापानमा

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणमा जानुभएको छ । आईतवार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उहाँले जापान प्रस्थान गर्नुभएको हो । उहाँलाई प्रधानमन्त्री कार्कीसहितका विशिष्ट सरकारी अधिकारीहरुले बिदाई गर्नुभएको थियो ।

नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जानुभएको हो । जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले अयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुहनेछ ।

त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनुहनेछ ।

नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।राष्ट्रपति पौडेल चार दिने भ्रमण सम्पन्न गरी यही माघ २१ गत बुधवार स्वदेश फर्कने कार्यक्रम छ । जापानको औपचारिक भ्रमणका लागि उहाँ माघ १८ गते आईतवार राति नेपालबाट जापान प्रस्थान गर्नुभएको थियो ।

Leave a Reply