काठमाडाैं । नेपाली काँग्रेसले सबैले अपनत्व लिनेगरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिवद्धता जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले यस्तो बताएको हो ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको बताउनु भयो । त्यसका लाग विज्ञहरुसँग सुझाव लिएको र नागरिकका आवाज पनि संकलन गरिएको बताउनुभयो । काँग्रेसको घोषणापत्र सानो, छोटो र मिठो हुने उहाँको भनाइ छ । सबैले सहज रुपमा बुझ्नसक्ने हुने र केही दिनपछि नै सार्वजनकि गर्ने बताउनुभयो ।
उहाँले काँग्रेसले केन्द्रिय परिचालन समिति तथा केन्द्रीय सदस्यहरुलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय कार्यान्वयन भइसकेको पनि बताउनुभयो ।





