मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य मेराे प्राथमिकतामा : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य मेराे प्राथमिकतामा : स्वास्थ्यमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ । काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताउनुभयो । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गर्नुभयो ।

मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताउनुभयो । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताउनुभयो ।

Leave a Reply