काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले काँग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताउनुभएको हो ।
उहाँले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गर्नुभएको समावेशी, लोकतान्त्रिक काँग्रेस बनिसकेको बताउनुभयो । उहाँले नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी काँग्रेसलाई मतदान गर्न आह्वान गर्नुभयो । बदलिएको काँग्रेसले नै देश बदल्ने उहाँको जिकिर छ ।
विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताउनुभयो । उहाँले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताउनुभयो । उहाँले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गर्नुभयो ।





