शहीद सप्ताह शुरू : इतिहासबाट सिकेर सही बाटोमा हिँडाैँ : सुनिता डंगाेल | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

शहीद सप्ताह शुरू : इतिहासबाट सिकेर सही बाटोमा हिँडाैँ : सुनिता डंगाेल

काठमाडाैं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा माघ १० गतेबाट शहीद सप्ताह शुरु भएको छ ।  माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएको दिनको स्मरण गर्दै शनिबारदेखि शहीद सप्ताह शुरु भएको हो ।

शहीद सप्ताहको पहिलोदिन टेकुस्थित शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको उल्लेख गर्नुभयो । इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने भन्दै कार्यबाहक मेयर डंगोलले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताउनु भयो ।अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने डंगोलको भनाइ छ ।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएकोहो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए । सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

Leave a Reply