काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ । सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनुभयो । राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रमा समस्या र विपद् आउँदा सुरक्षा निकाय नै अग्रपंक्तिमा रहने गरेको स्मरण गर्नुभयो । सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तमम हितका लागि काम गर्नु रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले आसन्न निर्वाचनमा पनि सशस्त्र प्रहरी बलको भुमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो





