निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध छः गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिवद्ध छः गृहमन्त्री

काठमाडाैं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकार निष्पक्ष भएर निर्वाचन गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ ।मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले कसैको पक्षधरता नलिने बताउनुभएको हो । उहाँले सुशासनको बाहेक अन्य कुरामा सकैको पक्षधरता नलिने बताउनु भयो । संवैधानिक व्यवस्थाअनुसार संसद विघटन भएको ६ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने भएकोले सरकार सोही बाटोमा अगाडी बढेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै पक्षको विश्वास जितेर सरकारले निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तन्तरण गर्ने बताउनु भयो । फागुन २१ गतेको निर्वाचन कुनै हालतमा नसर्ने उहाँको भनाई छ ।

हिमपात लगायतका केही समस्या आएमा केही ठाउँहरुमा स्थगन हुने उहाँले बताउनुभयो । विगतमा पनि स्थगन हुने गरेकोले त्यसलाई ठूलो समस्याको रुपमा लिन नहुने उहाँको भनाई छ । उहाँले प्रहरीहरुको मनोबल हाल उच्च रहेकोले सुरक्षा व्यवस्थामा कुनै समस्या नरहेको पनि बताउनु भयो । देशन निर्वाचनको माहोलमा गइरहेको उहाँको भनाई छ ।

Leave a Reply