काठमाडाैं । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरु खुलाउनका लागि गृहकार्य थालेको हो ।
तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरुमा संरचना तयार गरेर भन्सार बिन्दुहरु विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो । उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अबरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिए । वैकल्पिक रुपमा कोरोला नाका संचालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरु थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।
त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरु ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरुले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढि इभी गाडीहरु जाँचपास गरेर व्यवसायीहरुले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।
दशैँ लक्षित समानहरु ल्याउन महत्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरु बनाएर संचालनमा ल्याउन लागिएको हो ।
तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताउनुभयो ।
उहाँका अनुसार उत्तरी नाका संचालन गर्न भुगालले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ ।
महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरु वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि संचालनमा आइरहेको छ ।
ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरु खुलाउने प्रयास भइरहेको छ । चीनतर्फ सडक पूर्वाधारहरु बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरु खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।





