निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : उद्याेगमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : उद्याेगमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री सिन्हाले नेपाल र युरोपेली संघ (ईयू) बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उहाँको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमले नेपाल र युरोपेली संघबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply