'गगन–विश्वका गतिविधि नेविसंघको झगडाजस्तै भए, विशेष महाधिवेशन आवश्यक छैन' | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

‘गगन–विश्वका गतिविधि नेविसंघको झगडाजस्तै भए, विशेष महाधिवेशन आवश्यक छैन’

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको झगडाजस्तै भएको टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले काँग्रेसभित्र तत्काल विशेष महाधिवेशनको आवश्यकता नरहेको जिकिर गर्दै काँग्रेसजस्तो लामो इतिहास बोकेको, देश र जनताप्रति जिम्मेवार पार्टीको गरिमा जोगाउने जिम्मेवारी पार्टी महामन्त्रीहरूको भएको बताउनुभयो । उहाँले पार्टी फुट्ने सम्भावना नरहेको दाबी समेत गर्नुभयो ।

सहमहामन्त्री राठौरले गिरिजाप्रसाद कोईरालाको समयदेखि नै कार्यसमितिको कार्यकाल एक वर्षदेखि डेढ वर्ष थप हुँदै आएको स्मरण समेत गराउनुभयो । उहाँले विशेष महाधिवेशन केन्द्रीय समितिले नभई महामन्त्रीहरूले अघि सारेको दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा नआउन आग्रह गरिसकिएको समेत जानकारी दिनुभयो ।

उहाँले सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न भनेको भएपनि कार्यवाहक सभापति र महामन्त्रीकै कमजोरीका कारण हुन नसकेको जिकिर गर्नुभयो ।

Leave a Reply