फागुन २१ मा निर्वाचन हुन्छ, युवाहरुलाई चयन गरौँ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

फागुन २१ मा निर्वाचन हुन्छ, युवाहरुलाई चयन गरौँ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निष्पक्ष र धाँधलीरहित ढंगले समयमै निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको हो ।

मन्त्री खरेलले निर्वाचनमा युवा नेता र नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो । उहाँले मुलुक परिवर्तनको बाटोमा अघि बढेको जिकिर गर्दै त्यसलाई अघि बढाउन पनि युवाहरुलाई निर्वाचनमा चयन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खरेलले सरकारले जेन–जी आन्दोलनको मर्म अनुसार मुलुकलाई भ्रष्टाचारमुक्त गराउने काममा लागि परेको दाबी समेत गर्नुभयो ।

Leave a Reply