एक वर्षमा एक कराेड ९० लाख पर्यटक इजिप्टमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

एक वर्षमा एक कराेड ९० लाख पर्यटक इजिप्टमा

एजेन्सी । पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जानकारी दिनु अनुसार इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।

फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने प्रयासहरूलाई दिनुभयो । कायरो, हुरघाडा, शर्म अल–शेख र मार्स आलम देशका सबैभन्दा व्यस्त विमानस्थलहरू थिए । जसले इजिप्टका आकर्षणहरूको भौगोलिक विस्तारलाई प्रतिविम्वित गर्दछ ।

उहाँले विश्वका १९३ सहरहरूबाट पर्यटक उडानहरू आएको पनि बताउनु भयो । सन् २०२५ मा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले बढेको छ । जसमा न्यू अलामेन सिटी चार्टर उडानहरूमा ४५० प्रतिशतको वृद्धिसँगै तिव्र गतिमा बढ्दै गरेको गन्तव्यको रूपमा उभिएको छ । रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातका साथै पर्यटन इजिप्टको वैदेशिक मुद्राको प्रमुख स्रोत हो । सन् २०२४ मा १ करोड ५७ लाख पर्यटकबाट १५.३ अर्ब अमेरिकी डलर आर्जन गरेपछि यस क्षेत्रले निरन्तर सुधार गरिरहेको छ ।

Leave a Reply