उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री सहयोग

काठमाडाैं । लायन्स क्लव अफ काठमाडौं थलीले उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । सोमवार क्लवले उपत्यका ट्राफिक प्रहरीलाई उपलब्ध गराएको सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललेको उपस्थितिमा कार्यालयलाई हस्तान्तरण गरेको हो ।

ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै क्लवका प्रतिनिधि रुपक सिम्खडाले बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले म्याजिक लाइट उपलब्ध गराएको बताउनुभयो । उहाँले अगामी दिनमा समेत समाजको आवश्यकताको आधारमा सुरक्षाकर्मीहरुलाई क्लबको क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौंका प्रमुख ल्लिा अधिकारी ईश्वरराज पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न भएको चुनौतिपूर्ण अवस्थामा ट्राफिक प्रहरीलाई आवश्यक उपकरण उपलब्ध गराएर ठूलो सहयोग भन्दै क्लबलाई धन्यावाद ज्ञापन गर्नुभयो । उहाँले उपकरण सहयोगले ट्राफिक प्रहरीलाई पुनः सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आन्दोलनपछि केही समय प्रहरीको उपस्थिति र ट्राफिक व्यवस्थापन दुवै कमजोर भएपनि हाल स्थिति सुधारोन्मुख रहेको उनको भनाइ छ ।

Leave a Reply