सुध्रिनसके काँग्रेसले कसैको बैशाखी टेक्नु पर्दैन : अर्जुन नरसिंह केसी | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

सुध्रिनसके काँग्रेसले कसैको बैशाखी टेक्नु पर्दैन : अर्जुन नरसिंह केसी

काठमाडाैं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले सुध्रिनसके नेपाली काँग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गर्नुभयो । उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको काँग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभयो । काँग्रेस आफै लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आएपनि काँग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’

काँग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताउनु भयो । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताउनुभयो ।

नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताउनुभयो ।

Leave a Reply