रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौती : सहकारी ठग र गँजेडीहरुले दश वर्ष पार्टी चलाएर देखाउन् | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौती : सहकारी ठग र गँजेडीहरुले दश वर्ष पार्टी चलाएर देखाउन्

काठमाडाैं । नेपाली काँग्रेसका नेता किशोर सिंह राठौरले १० वर्ष पार्टी चलाएर देखाउन नयाँ राजनीतिक दलहरुलाई चुनौती दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो चुनौती दिनुभएको हो ।

उहाँले केही वर्षअघि मात्रै खुलेका जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीहरुको उदाहरण दिँदै १० वर्ष राम्रोसँग पार्टी चलाएर देखाउन चुनौति दिनुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलहरुले जनताको अधिकार, विकास दिएको बताउनु हुँदै सहकारी ठग र गँजेडीहरुले देश चलाउन नसक्ने टिप्पणी गर्नुभयो ।

उहाँले पार्टीको १४ औं महाधिवेशनमा पराजय व्यहोरेकाहरुले चिच्याएर बोल्न जरुरी नरहेको बताउनुभयो । फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धमा फस्ने चेतावनी दिनुभयो ।

Leave a Reply