विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयो : महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयो : महामन्त्री थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताउनुभएको छ । पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उहाँले पार्टी केन्द्रीय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभएको हो ।

महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५ औ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको बताउनुभयो । महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अव पार्टी केन्द्रीय कार्य समितिले नै स्विकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गर्नुभयो ।

महामन्त्री थापाले १५ औं महाधिवेशन पुस समान्त भित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क पनि गर्नुभयो ।

Leave a Reply