काठमाडौं । नेकपा एमालेकाे एघाराैँ अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ८०२ मत खसेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मतदाताहरूले मतदानमा धेरै समय लिएका कारणा मतदानकाे समय लम्बिएकाे छ । मतदान ढिला भएपछि टोकन बाँडिएको उनले बताए ।
३०१ सदस्यीय नेतृत्व चयनका लागि २२ सय ६३ मतदाता सहभागी छन्। निर्वाचनमा ६४२ उम्मेदवार मैदानमा छन् ।
‘भोट हाल्नको लागि ९ मिनेटदेखि २ घण्टा चार मिनेटसम्म प्रतिनिधिले लगाएका छन् । त्यसैले समय लम्बिएको छ । मतदानको काम चलिरहेको छ । हामीले ८ घण्टामा सक्ने लक्ष्य राखेका थियौँ तर अनुमान अनुसार मिलिरहेको छैन ।’ प्रचार विभाग प्रमुख गाैतमले बताए ।





