फागुन २१ काे निर्वाचन ३१ पर्यवेक्षक संस्थाले पर्यवेक्षण गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

फागुन २१ काे निर्वाचन ३१ पर्यवेक्षक संस्थाले पर्यवेक्षण गर्ने

काठमाडाैं । निर्वाचन आयोगले आउँदो फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको हो ।

आयोगले पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेकोमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएका जनाएको छ । पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ३१ संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगले जनाएको छ ।

अनुमति पाएका राष्ट्रिय संस्थामा डेमोक्रेसी रिसोर्स सेन्टर, नेपाल, सामूहिक अभियान, नेपाल मानव अधिकार संगठन, युवा वकालत नेपाल, निर्वाचन पर्यवेक्षण समिति, नेपाल, लोकतन्त्र तथा निर्वाचन सरोकार, नेपाल, गैरसरकारी संस्था महासङ्घ, नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल मतदाता अधिकार मञ्च, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपाललगायतका संस्था रहेका छन् ।

यस्तै मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल, सुशासन महासङ्घ, नेपाल, अन्तर्राष्ट्रिय युएनएचआर काउन्सिल नेपाल, राष्ट्रिय व्यावसायिक पहल, महिला कानुन र विकास मञ्च र सञ्चारिका समूहले पनि प्रर्यवेक्षकको अनुमती पाएका छन् ।

अन्तर्राष्ट्रिय संस्थाहरूमा द कार्टर सेन्टर, अमेरिका, एसिया नेटवर्क फर फ्रि इलेक्सन, द मल्टिडिसिप्लेनरी इन्स्टिच्युट अफ ट्रेनिङ एण्ड लर्निङ मासाचुशेट्स, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट रहेका छन् ।

Leave a Reply