यसकारण मैले महासचिवमा दोहोरिने निर्णय गरेँ : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

यसकारण मैले महासचिवमा दोहोरिने निर्णय गरेँ : शंकर पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताउनुभएको छ । पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त चुनौतिहरु चिर्न सिंगो पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न खोजिरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा गर्न बाँकी कम्युनिष्ट आन्दोलनका कामहरु सम्पन्न गर्न पार्टीको निर्देशनअनुसार कार्यकर्ताहरु चल्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

उहाँले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकको राजनीतिमा देखिएका चुनौतीहरु सामना गर्ने संकल्प समेत आफूहरुले गरेको बताउनुभयो ।

Leave a Reply