सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा

काठमाडाैं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी काँग्रेसमाथि रहेको बताउनु भयो । देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसमाथि आएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताउनु भयो ।

ठिक ढंगले काम गर्नसके निर्वाचन आफैँ जितिने उहाँको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्नसके मतदाताहरु आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताउनु भयो । नेपाली काँग्रेसलाई मतले पछ्याउनसक्ने बनाउनुपर्ने बताउनु भयो ।महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली काँग्रेसको नभएको पनि बताउनु भयो । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताउनु भयो । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी काँग्रेसको भएको बताउनु भयो । –

Leave a Reply