काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताउनुभयो । साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभुतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहिरायीमा, चिन्तनको उडाईहरु मिसिएको हुनुपर्ने उहाँको भनाई छ ।
अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराउनुभयो । नेपाल साहित्यको पनि उर्वराभूमि रहेको उहाँले दाबी गर्नुभयो ।





