काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको छ । क्लबमा पार्टीमा ‘फायर शो’का क्रममा काठका संरचनामा लागेकाे आगोले भीषण रूप लिएपछि २५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि रहेकाे बताइएकाे छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै दुःखद् घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।
अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।





