भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन-जी प्रतिनिधि | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन-जी प्रतिनिधि

काठमाडाैं । जेन–जी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड  एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् । शुक्रबार दिउँसो जेन–जी युवा प्रतिनिधिहरू मन्त्रालय पुगेका हुन् ।

जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ । उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् ।

जेन-जीका प्रतिनिधि अविन गुरुङले एक्स्पोसँग सम्बन्धित अनियमितता भइसकेको सूचना पाएपछि सो प्रकरणबारे छानबिन माग गर्दै आफूहरू मन्त्रालय पुगेको बताउनुभयो । गुरुङका अनुसार विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकिएको भएपनि सुनुवाई नहुँदा मन्त्रालयसँग स्पष्टीकरण माग्न बाध्य भएको बताउनुभयो ।

अर्का जेन–जी प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो ।

दुवै पक्षलाई बोलाएर मात्रै छानविन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर भएको उहाँले टिप्पणी गर्नुभयो । एक्स्पोमा देशको गौरवमा आँच आउने गरी प्रस्तुत भएको उहाँको आरोप छ ।

Leave a Reply