सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैन : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उहाँले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताउनुभएको हो ।

उहाँले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्नुहुँदै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी दिनुभयो ।  नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हुने उहाँको भनाइ छ।

विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उहाले बताउनुभयो । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानून अनुसार कारबाही हुने उहाँले बताउनु भयो । सडकबाट अपराधि करार गरेर निजी सम्पतीमाथी हमला गर्न नमिल्ने उहाँको भनाइ छ ।

उहाँले सही सूचना प्रवाह नहुँदा पनि अपराधिक क्रियाकलापहरु बढ्ने गरेको बताउनुभयो । उहाँले सूचनाको गम्भिरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply