'निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस्' | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

‘निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस्’

काठमाडाैं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिनुभएको छ । सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गर्नुभएका व्यक्तिहरुबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताउनुभयो । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानिकन सूत्र अनुसार अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउनु हुँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरु शुरु हुने बताउनुभयो ।

सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।

Leave a Reply