हरेक परिवर्तनमा साथ दिने युवाहरूले सत्ताकाे नेतृत्व गर्नुपर्छ : अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

हरेक परिवर्तनमा साथ दिने युवाहरूले सत्ताकाे नेतृत्व गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनुभएको छ । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताउनुभएको हो ।

उहाँले युवाहरुले सरकारमा पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । युवाहरुको सहभागिता बिना कुनैपनि आन्दोलन सम्भव नरहेको जिकिर गर्नुभयो । युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नुपर्ने बताउनुभयो । अग्रगामी क्रान्तिकारी सोच बोकेकाहरुलाई मात्र युवा भन्न सकिने उहाँको भनाइ थियो ।

आसन्न प्रतिनिधि सभाको निर्वाचन र संघर्षलाई साथसाथ अघि बढाएको जसपा नेपालले सम्मेलनमार्फत निर्वाचन केन्द्रित तयारीको लक्ष्यसहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।

Leave a Reply